Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सव-डिभिजन वन सुखानीमा थन्किएका करोडौंका सवारीसाधन कवाडीमा परिणत

सव-डिभिजन वन सुखानीमा थन्किएका करोडौंका सवारीसाधन कवाडीमा परिणत

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ३१ २०८१


सव-डिभिजन वन सुखानीमा थन्किएका करोडौंका सवारीसाधन कवाडीमा परिणत

सुखानी । इलामको माई नगरपालिका–४ स्थित माई सव–डिभिजन वन कार्यालय सुखानीमा बर्षौदेखि थन्किएका सवारीसाधनहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । बर्षौदेखि थन्किएर काम नलाग्ने अवस्थामा रहेका यी सवारीसाधनहरु काठ चोरी तथा तस्करीमा संलग्न भएका बखत पक्राउ परेका हुन् ।

सव–डिभिजन वन कार्यालय सुखानीमा हाल जम्मा २३ वटा सवारी साधन थन्किएको कार्यालयकी प्रमुख वन अधिकृत मनिशा कार्कीले जानकारी दिनुभयो । कार्कीको अनुसार ११ वटा ट्याक्टर, २ वटा ट्रक, ८ वटा पिकअप र २ वटा टेम्पो हाल बेवारीसे अवस्थामा थन्किएका छन् ।

चालु आर्थिक बर्षमा एउटा पिकअप पक्राउ परेको छ भने अन्य सवारी विभिन्न समयमा पक्राउ परेका हो । यी सवारी साधनको बिक्री तथा लिलामीमा सम्बन्धित निकायले ध्यान नदिदाँ करोडौंको सवारी साधन हाल कवाडीमा परिणत हुने अवस्था बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार