Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

गुणस्तरीय उच्च शिक्षा अध्ययनका लागि इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पस (तस्बिरहरु) 

गुणस्तरीय उच्च शिक्षा अध्ययनका लागि इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पस (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • बुधबार, साउन ३० २०८१


गुणस्तरीय उच्च शिक्षा अध्ययनका लागि इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पस (तस्बिरहरु) 
इलाम । पूर्वी नेपालको पहाडी जिल्ला इलाममा रहेको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा उच्च शिक्षा अध्ययनको केन्द्र भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र रत्न बहुमुखि क्याम्पसमा नयाँ र प्राविधिक धारका शैक्षिक कार्यक्रम संचालनले पूर्वी पहाडमा उच्च शिक्षा अध्ययनको केन्द्र भएको हो ।
विश्वस्तरमै रोजगारीको अवसर पाउने बिबिए शैक्षिक कार्यक्रम महेन्द्र रत्न बहुमुखि क्याम्पसमा चौथो सेमेस्टरमा संचालनरत छ । आठ सेमेस्टरमा संचालन हुने बिबिए सैक्षिक कार्यक्रममा ६६ जनाको कोटा रहेको हो । बिबिए शैक्षिक कार्यक्रमको दोस्रो सेमेस्टरमा महेन्द्र रत्न बहुमुखि क्याम्पस कोशी प्रदेशको दोस्रो भएको साहायक क्याम्पस प्रमुख भिम प्रसाद रिजालले बताए ।
शैक्षिक क्षेत्रका सरोकारवालाको मागपछि अहिले क्याम्पसमा व्यवस्थापन संकायको एम बि एस कार्यक्रम पनि संचालनमा आएको छ । स्नातककोत्तर तहको एम बि एस शैक्षिक कार्यक्रमको प्रथम सेमेस्टरमा ३० जना विद्यार्थीले अध्ययनका लागि फर्म लिएका भरेका थिए । ३० जना विद्यार्थीहरु नै कक्षा प्रवेश परिक्षामा सहभागि भएको रिजालले बताए ।
प्राविधिक र विश्वबजारमा सहजै रोजगारी पाउने बि एस सि हटिकल्चर, बि एस डब्लु, एम बि. एस र बिबिए शैक्षिक कार्यक्रम क्याम्पस स्वायत्त भएसँगै थपिएका हुन् । शैक्षिक क्षेत्रका सरोकारवलाहरुको चासो र मागपछि क्याम्पसले शैक्षिक कार्यक्रम थप गरेको साहायक क्याम्पस प्रमुख प्रविन घिमिरेले बताए । गुणस्तरिय अध्यापनको प्रमाण पत्र QAA प्राप्त क्याम्पसले बि एस सि एटिकल्चर अध्ययन हुने त्रिभुवन विश्वविद्यालयको एक मात्र क्याम्पस हो ।
पाँच वटा विषयमा स्नातकोत्तर तह, मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र वि.एस्सी वागवानी संकाय अन्तरगत स्नातक तहको पठनपाठन हुँदै आएको  क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम थपिएका हुन् । ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्राविधिक धारको उच्च शिक्षा अध्ययनमा सहज बनाउन नयाँ शैक्षिक कार्यक्रम क्याम्पसले ल्याएको क्याम्पस प्रमुख गंगाराम पौडेलले बताए । मानविकि समाजसात्रा संकाय अन्तरगत क्याम्पसमा बि एस डब्लु शैक्षिक कार्यक्रम पनि २०८० सालबाट शुरु भएको छ । अहिले बि एस डब्लु शैक्षिक कार्यक्रम भर्ना पनि खुलिरहेको साहायक क्याम्पस प्रमुख प्रविन घिमिरेले बताए ।
क्याम्पसले काुनन संकायको एल एल बी र बिज्ञान संकायको शैक्षिक कार्यक्रम संचालनका लागि त्रिभुवन विश्वविद्यालयमा अवधारणा पत्र पेश गरेको   छ । क्याम्पसमा स्नातककोत्तर तहमा समाजसात्र र ग्रामीण विकास बिषयमा अध्ययन भइरहेको हो ।
यी बिषयमा अहिले ३२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यस्तै शैक्षिक योजना तथा व्वस्थापन शैक्षिक कार्यक्रमको स्नातककोत्तर तहमा अहिले ३० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । क्याम्पसमा एक वर्षे बि एडको विकल्पमा संचालित पि जि डी शैक्षिक कार्यक्रम पनि संचालनमा आएको छ । यो कार्यक्रममा अहिले १३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसले कानुनको स्थानतक तहको (बि ए एल एल बी ) शैक्षिक कार्यक्रम पनि संचालनमा ल्याउन अवधारणा पत्र त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालयमा पठाइएको साहायक क्याम्पस प्रमुख सिताराम घिमिरेले बताए ।
वि.स.२०१७ असार २१ गते विधिवत रुपमा महेन्द्ररत्न महाविद्यालय स्थापना भई प्रवीणता प्रमाणपत्र तहको पठन–पाठनबाट क्याम्पस स्थापना भएको थियो ।  पूर्वी पहाडी क्षेत्रको उच्च शिक्षा अध्ययनको केन्द्रमा स्थापित गर्ने लक्ष्यका साथ नयाँ शैक्षिक कार्यक्रम संचालनमा ल्याएपछि क्याम्पसले पूर्वाधार निर्माणमा पनि प्राथमिकता दिएको छ । क्याम्पसको पूर्वाधार विकासका लागि स्वतन्त्र विद्यार्थी युनियनले पनि सकारात्मक सहयोग गर्दै आएको छ । स्वतन्त्र विद्यार्थी युनियनबाट पूर्वाधार विकास, शैक्षिक गुणस्तर सुधारमा निरन्तर क्याम्पस प्रशासन र प्रमुख, साहायक क्याम्पस प्रमुखसँग सहकार्य हुँदै आएको स्ववीयू अध्यक्ष दर्शन कुलुङ राईले बताए ।
कम्प्युटर ल्याब, इ–लाइब्रेरी, स्मार्ट बोर्ड र प्राजेक्टरबाट क्याम्पसमा विद्यार्थीलाई अध्यापन गराइँदै आएको छ । पूर्ण रुपमा स्मार्ट बोर्ड र प्राजेक्टर जडान सबै कक्षामा गर्ने योजना रहेको क्याम्पस प्रमुख गंगाराम पौडेलले बताए । भौतीक संरचना निर्माणका अहिले क्याम्पसमा संरचना निर्माणको चरणमा रहेका छन् । त्रिभुवन विश्वविद्यालयको विकास बजेटबाट प्राप्त १ करोडको लगानीमा भवन निर्माणको काम हुँदै आएको साहायक क्याम्पस प्रमुख सिताराम घिमिरेले बताए । उनले भने– प्रशासनिक भवन निर्माणका लागि डिपिआर तयार गरि त्रिभुवन विश्वविद्यालयबाट हस्तान्तरण भएपछि ७ करोड बजेट प्राप्त भएकाले हामी कार्यान्वयनमा जाने योजनामा रहेका छौँ ।
महेन्द्र रत्न बहुमुखि क्याम्पसमा अहिले २ हजार ५ सय विद्यार्थी अध्ययरत छन् । अहिले भौतीक पूर्वाधार पर्याप्त रहेपनि थप गरि अन्य शैक्षिक कार्यक्रम थप गर्ने योजनामा क्याम्पस रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार