Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी अन्तरक्रिया

चुलाचुलीमा लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी अन्तरक्रिया

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २९ २०८१


चुलाचुलीमा लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी अन्तरक्रिया

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा लागु पदार्थ दुर्व्यसनी न्युनिकरण सम्बन्धी सरोकारवालाहरु सँग छलफल गरिएको छ । छलफलमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, चुलाचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य , सुचना अधिकारी तिर्थ राज खरेल लगायतले राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाक प्रतिनिधि, सुरक्षा निकाय र स्थानीयबासीहरुसंग छलफल गरेको हो ।

कार्यक्रममा उपस्थितीहरुलाई लागुऔषध प्रयोगकर्तालाई राजनीतिक संरक्षण भएकै कारण समस्या रहेको औल्याए । स्थानीय प्रशासनले समेत लागुऔषधका प्रयोगकर्ता र विक्री गर्नेहरुलाई दबाब र प्रभाबमा परेर पक्राउ गर्न नसकिरहेको बताए । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले चाडवाड नजिकिएसंगै सुरक्षा संयन्त्र चनाखो बन्नुपर्ने बताए ।

उनले प्रहरी प्रशासनले राती १० बजेपछि हिडडुल गर्नेलाई सोधपुछ गर्नुका साथै दुव्र्यसनी फेला परे राजनीतिक दबाब र प्रभावमुक्त भएर कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरे । उनले समाजमा चोरी डकैती बढ्नुमा लागुऔषध प्रयोगकर्ताहरुको संलग्नता भएकाले न्युनिकरणका लागि सुरक्षा निकाय, स्थानीय सरकार र स्थानीयबासिन्दा हातेमालो गरेर अघि बढ्नुपर्ने औल्याए ।

प्रतिक्रिया
सम्बन्धित समाचार