इलाम । महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड, माक्स र नेपकिन नष्ट गर्ने Incinerator कोशी प्रदेश सरकारको डिभिजन वन कार्यालयले विद्यालयमा प्रदान गरेको छ । वातावरण प्रदुशण नहु नदिनका लागि प्याड नष्ट नर्गे Incinerator डिभिजन वन कार्यालयले हस्तान्तरण गरेको हो । कोशी प्रदेश सरकारको बजेटबाट खरिद गरि ल्याएको सो उपकरण एक कार्यक्रमका बिच इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयमा हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादूर श्रेष्ठले बताए ।
आदर्श माध्यमिक विद्यालयमा १ हजार ७ विद्यार्थी अध्ययन गर्दे आएका छन् । माक्स नेपकिन पनि नष्ट गर्ने Incinerator अमर माध्यमिक विद्यालय बरबोटेमा पनि हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय इलामका अधिकृत गजेन्द्र श्रेष्ठले बताए । डिभिजन वन कार्यालयले जिल्लाका ८ विद्यालयमा Incinerator हस्तान्तरण गर्ने योजना रहेको छ । त्यसैगरी डिभिजन वन कार्यालयले फोहोर संकलनका लागि डसबिन पनि हस्तान्तरण गरेको छ । वन कार्यालयले इलाम बजार, इलाम नगरपालिका ६ वडा कार्यालय र बरबोटेको बिब्ल्याँटे बजारमा हस्तान्तरण गरेको छ ।







