इलाम । सामुदायिक वन दिवस २०८१ इलाममा मनाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ इलामको आयोजनामा सामुदायीक वन दिवस मनाइएको हो । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ इलामका अध्यक्ष गोकुल राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकास राई रहेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादूर श्रेष्ठको बिषेश आथित्यतामा भएको कार्यक्रममा वन संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष भक्त थामिले आदिवासी र वन क्षेत्रको बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा डिभिजन वन अधिकृत वन क्षेत्रमा काम गर्न बजेट अभाव रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि वन क्षेत्र संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । जिल्लामा सामुदायीक वन धेरै रहेपनि व्यवस्थित गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्नेमा समन्वय प्रमुखलले जोड दिए । कार्यक्रममा चौबार्षिक सात बुंदे रणनिति पास गरेको छ ।





