Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पूर्वमन्त्री एवम् सांसद राजभण्डारी जुवाखालबाट पक्राउ

पूर्वमन्त्री एवम् सांसद राजभण्डारी जुवाखालबाट पक्राउ

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन २७ २०८१


पूर्वमन्त्री एवम् सांसद राजभण्डारी जुवाखालबाट पक्राउ

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका सोलुखुम्बु प्रदेशसभा २ बाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा उनीसहित ११ जना शनिबार साँझ काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजभण्डारीसहित उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महतसमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताएअनुसार काभ्रेको बनेपा नगरपालिका १२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । यसबाहेक पक्राउ पर्नेमा कलाकार पुरुषोत्तम आचार्यसमेत छन् । प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ७० हजार र १६ बूक तास बरामद गरेको छ । उनीहरू अहिले प्रहरी वृत्त गौशालामा छन् । आइतबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ ।

एमाले नेता राजभण्डारी कोशी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । पछिल्लो प्रादेशिक निर्वाचनबाट दोस्रोपटक सोलुखुम्बु प्रदेशसभा २ बाट निर्वाचित उनी बहालवाला सांसद हुन् । यसअघि पक्राउ परेकाहरुको सूचीमा भुलवश महेश किरातीको नाम उल्लेख भएकामा क्षमा माग्दै सच्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार