Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फूलबारी–बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

फूलबारी–बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २६ २०८१


फूलबारी–बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ । पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।

उनले भने, “ बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ” कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार