Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

ललिपप उद्योगमा ग्रामीण क्षेत्रका महिलाको रोजगारी 

ललिपप उद्योगमा ग्रामीण क्षेत्रका महिलाको रोजगारी 

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन २६ २०८१


ललिपप उद्योगमा ग्रामीण क्षेत्रका महिलाको रोजगारी 
इलाम । दुग्ध पदार्थ प्रशोधन गरि मिठाई उत्पादन हुने ललिपप उद्योग महिलाहरुको रोजगारको माध्यम भएका छन् । ललिपप उद्योगहरुको संख्या थपिएसंगै ग्रामीण क्षेत्रका महिलाहरुको रोजगारीको माध्यम भएको हो ।
ललिपप बनाउन महिलाहरु सिपालु हुने भएकाले उद्योगहरुमा काम गर्ने महिलाको संख्या बढी छ । दूधबाट बनिने ललिपपको माग नेपालसँगै भारतमा पनि बढ्दो छ । जसका कारण नयाँ उद्योग स्थापना हुने क्रम बढेको छ । गाउँगाउँमा खुलेका ललिपप उद्योगले दूध उत्पादक कृषकलाई दूध बिक्रिमा सहज बनाएको   छ । ललिपप उद्योग स्थापना भएपछि घरधन्दा गर्ने महिलाहरुले गाउँमा रोजगारीका पाएका छन् ।
ललिपपसँगै पुष्टकारी, खुवा, बम्वइसन, पनिर जस्ता दुग्द्यजन्य पर्दाथ उद्योगमा उत्पादन हुन्छन् । उद्योगमा विहानको घरधन्दा सकेर महिलाहरु दिनभर काम गर्दै आएका छन् । गाइको दुधलाई फटाएर बनाइने दुग्द्यजन्य सामाग्री बनाउन महिलाहरु नै सिपालु हुने भएकाले महिलाले रोजगारी पाउने गरेको उद्यमी सिवलाल प्रधानले बताए ।
संचालनमा आएका धेरै जसो उद्योगमा ३ जना देखी १५ जनासम्म महिलाहरुले रोजगारी पाएका छन् । इलामको फिक्कल–पशुपतीनगर सडक छेउमा ललिपप उद्योग बढी रहेका छन् ।
ललिपप उद्योगमा काम गर्ने महिलाहरुले मासिक १५ हजारसम्म पारिश्रमीक लिने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा ४२ वटा ललिपप उद्योग इलाम दर्ता भएका छन् । उद्योगमा ५ सय ४३ जनाले रोजगारी पाएको उद्योग कार्यालय प्रमुख एकनाथ दाहालले बताए ।
इलाम आउने स्वेदशी तथा विदेशी पर्यटकहरुको रोजाइमा इलामको कोसेलीमा ललिपप हुने गर्छ । पर्यटकको कोसिलिको रुपमा रहेको ललिपप बिक्रिका लागि समस्या नहुने भएकाले उद्योग खुल्ने क्रम बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार