Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २४ २०८१


कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

इलाम । कोशी प्रदेशले सार्वजनिक बिदा दिएको छ । कोशी प्रदेश सरकारले ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।

त्यसैगरी कर्णाली प्रदेश सरकारले भने भोलि नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार