इलाम : यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ पत्रकार सुजता सुनुवारले पाउने भएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा साउन २७ गते इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी सुनुवारलाई पुरस्कृत गर्ने निर्णय भएको फोनिज इलामका सचिव सोम सुनुवारले जानकारी दिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० इलामले स्थापना गरेको पुरस्कारको राशी नगद रु १० हजार र सम्मानपत्र रहेको छ । विगत डेढ दशकदेखि इलामबाट पत्रकारिता सुरु गर्नुभएकी सुजता हाल उज्यालो रेडियो नेटवर्क काठमाडौंमा कार्यरत छिन् । सो पुरस्कारबाट यसअघि इलाम पोष्ट दैनिकका सम्पादन सटेन्द्र जवेगू र माङसेबुङ मासिक म्यागजिनका कार्यकारी सम्पादन ज्ञानु केदम पुरस्कृत भइसकेका छन् ।
पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले दूईवर्ष अघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८’ तर्जुमा गरी कोष व्यवस्थापन गरेको थियो । सोही पुरस्कार कोषबाट आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको सचिव सुनुवारले बताए ।
आदिवासी जनजाति एवम् अल्पसंख्यकरलोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेखरआलेख, वहसरपैरवी गरी समग्र आदिवसी जनजातिको क्षेत्रमा योगदान पुर्याउने एक जना आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्ने गरिएको उनले बताए ।