Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

ईलामेली गायक खतिवडाले ल्याए ‘गाउँकी परी’ ( भिडियाे सहित)

ईलामेली गायक खतिवडाले ल्याए ‘गाउँकी परी’ ( भिडियाे सहित)

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ८ २०७४


ईलामेली गायक खतिवडाले ल्याए ‘गाउँकी परी’ ( भिडियाे सहित)

इलाम । ‘एउटा गीत’ गाएर नेपाली गीत संगीत क्षेत्रको आकाशमा उदाएकाथ इलामेली गायक नविन खतिवडाले भर्खरै बजारमा ‘गाउँकी परी’ नामक अर्को गीत ल्याएका छन् । उच्च शिक्षा र रोजगारीको क्रममा हाल जापानमा रहेका गायक खतिवडाले आफ्नै एकल शव्द, संगीत र स्वरमा रहेको गीत बजारमा ल्याएका हुन् ।

‘‘मैले गाएको गीत लोक पप हो,’’ खतिवडाले भने–‘‘पहिलो गीतले मेरो सांगीतक यात्रालाई अझै प्रष्ट पार्यो, धेरै शुभेच्छुकहरुको हौसला र साथ पाएँ, त्यसकारण यो गीत बजारमा ल्याएको हुँ । ’’ रेभल क्रिएसन पुतलिसडक काठमाडौंमा रेकर्ड गरिएको यो गीतमा सन्दीप कार्कीको ‘एरेञ्ज’ रहेको छ । गायक खतिवडाका अनुसार यो गीत भर्सटाएल युट्युव टिभी मार्फत पहिलो पटक सार्वजनीक गरिएको हो ।

‘‘आफ्नै जीवनमा भएका उतारचडाव अनि प्रेम प्रसङ्ग पनि गीतमा समावेश भएका छन्,’’ ठट्यौली पारामा जापानबाटै गायक खतिवडाले भने–‘‘एल्वम निकाल्ने सोचले यो दोश्रो गीत पनि बजारमा ल्याएको हुँ, आशा छ पहिलो गीतमा जस्तै श्रोताहरुबाट माया पाउँनेछु ।’’ गायक खतिवडाका अनुसार यो गीतको म्युजीक भिडियो चाँडै बजारमा ल्याउँने तयारी भइरहेको जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार