Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

प्रभु बैङ्क बिर्तामोड शाखाबाट १ करोड १९ लाख गायव प्रकरण : बैंकको प्रष्टोक्ति–’फिक्स डिपोजिट’को भौचर, रसिद र ब्यालेन्स सर्टिफिकेट सबै नक्कली

प्रभु बैङ्क बिर्तामोड शाखाबाट १ करोड १९ लाख गायव प्रकरण : बैंकको प्रष्टोक्ति–’फिक्स डिपोजिट’को भौचर, रसिद र ब्यालेन्स सर्टिफिकेट सबै नक्कली

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २० २०८१


प्रभु बैङ्क बिर्तामोड शाखाबाट १ करोड १९ लाख गायव प्रकरण : बैंकको प्रष्टोक्ति–’फिक्स डिपोजिट’को भौचर, रसिद र ब्यालेन्स सर्टिफिकेट सबै नक्कली

बिर्तामोड । मञ्जु कुमारी नेपालले प्रभु बैंक लिमिटेड बिर्तामोड शाखामा ‘फिक्स डिपोजिट’ गरेको रकमको भौचर, रसिद र ब्यालेन्स सर्टिफिकेट सबै नक्कली भएको प्रभु बैँकले जनाएको छ । बैँकको कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले आईतवार विज्ञप्ति जारी गर्दै केही दिन पहिले बिर्तामोडकी मन्जुकुमारी नेपालको बैँकबाट हराएको भनिएको एककरोड १७ लाख रुपैँयाको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको हो ।

बैंकले विज्ञप्ति जारी गर्दै बिर्तामोड निवासी मञ्जुकुमारी नेपालले ६ महिनाअघि एककरोड १० लाख रुपैयाँ बिर्तामोड शाखामा जम्मा गरेको भनेपनि कागजात नै नक्कली भएको जनाएको छ । प्रभु बैंक लिमिटडले नेपालले मुद्दति रसिदको रकम फिर्ता पाँऊ भनि पेश गरेको निवेदन बमोजिमको रकम सम्वन्धित शाखामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा मुद्दति रकम, ब्यालेन्स सटिफिकेट र स्टेटमेन्ट वैंकबाट जारी गरिएको नभई अनाधिकृत एवम् नक्कली रहेको प्रारम्भिक रुपमा देखिन आएको र सो सम्वन्धमा थप छानविन भइरहेको उल्लेख गरेको छ ।

साथै बैँकको नक्कली रसिद, भौचर र ब्यालेन्स सर्टिफिकेट जारी गर्नेको खोजी र छानविन भईरहेको र चाडै कार्वाही गरिने समेत बैँकले जनाएको छ । केहीदिन पहिले मात्रै झापा बिर्तामोडका टिकाराम नेपालले आफ्नी श्रीमती मन्जुको नाममा राखेको नगद बैँकबाट गायब भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उक्त समाचार बाहिरिएसगै बैँकका मार्केटिङ्ग मेनेजर प्रमोद सिटौला फरार रहेको बताइएको छ।

सिटौलाको अन्तिम मोवाईल लोकेशन काँकडभिट्टामा देखाएको कारण उनी भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रभु बैङ्क बिर्तामोड शाखाबाट बचतकर्ताको एक करोड १९ लाख गायब !

प्रतिक्रिया
सम्बन्धित समाचार