Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संरक्षणको पर्खाइमा कचन कवल (तस्बिरहरु)

संरक्षणको पर्खाइमा कचन कवल (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन १९ २०८१


संरक्षणको पर्खाइमा कचन कवल (तस्बिरहरु)

झापा । कचन कवल (नेपालीः कचन कावल) कोशी प्रदेशको कचन कावल गाउँपालिका ९पहिले, केचना गाविस० मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर ९२३० फिट० मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षणअनुसार धनुषाको मुखियापट्टी मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रुपमा घोषणा गरिएको छ ।

तर अहिले कचन कवलको संरक्षण हुन सकेको छैन । संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्यता मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिच्ने सम्भावना रहने स्थनीयहरु बताउँछन् । भारतको सीमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यस गाउँपालिकाको सीमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ ।

मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से।सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार