Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रहेनन् शास्त्रीय संगीतकार गुरुदेव कामत

रहेनन् शास्त्रीय संगीतकार गुरुदेव कामत

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १७ २०८१


रहेनन् शास्त्रीय संगीतकार गुरुदेव कामत

सिरहा : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।

काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका कामतले काठमाडौं डिल्लीबजारमा गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका थिए ।

तीन छोरा, एक छोरी र श्रीमती रहेका कामतको बिहीबार दिउँसो ४ बजेतिर स्थानीय सरस्वती खोलामा दाहसंस्कार गरिने जनाइएको छ । उनका अनुसार मुलुकबाहिर रहेका कामतका जेठो छोरा दिउँसो गाउँ आएपछि दाहसंस्कार गर्न लागिएको हो । १७ साउन ०१२ मा पोखरभिण्डामा जन्मिएका कामत चार दाजुभाइमध्ये माहिलो रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार