Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा विभिन्न विधामा योगदान गर्ने २० जना सम्मानित

सन्दकपुरमा विभिन्न विधामा योगदान गर्ने २० जना सम्मानित

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन १६ २०८१


सन्दकपुरमा विभिन्न विधामा योगदान गर्ने २० जना सम्मानित

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरणको अवसरमा पत्रकारिता, कृषि, खेलकुद, पशुपालन, उपभोक्ता समिति, होमस्टे व्यवसायी, समाजसेवी लगायत २० जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा समाजसेवी धर्मराज नेम्वाङ र लिला बहादुर राई, पत्रकार महासंघका पुर्व अध्यक्ष उमेश गुरुङ, वर्तमान अध्यक्ष विप्लव भट्टराई, पुर्व नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मिडफिल्डर दर्शन गुरुङ, कृषक प्रकाश पराजुली, उत्कृष्ट उपभोक्ता समिति तीन दोभान जल उपभोक्ता समिति, उत्कृष्ट सहकारी फेमेगुरु सहकारी संस्था, महिला सवारी चालक छेकी शेर्पा, एसईईमा जिल्ला उत्कृष्ट बिन्दी गुरुङ, जडिबुटी उत्पादक ओम गुरुङ रहेका छन् ।

त्यसैगरी अर्गानिक किवि उत्पादक देउकुमार राई, होमस्टे व्यवसायी हरिकुमार राई, गाईपालक तथा डेरी व्यवसायि पदम प्रसाद भट्टराई, उत्कृष्ट कर संकलक पेम्बा शेर्पा, लोक्ता उत्पादनमा अब्बल विक्रम फागो, राष्ट्रपति रनिङ शिल्डका मेडलिष्ट राजन घतानी र सुगम दियाली, उत्कृष्ट पशुपालक कमल गुरुङ, कोरियोग्राफर जगदिश गुरुङ ( जेडी तमु) रहेका थिए ।

उनीहरुलाई जिल्ला समन्वय प्रमुख जय प्रकाश राई, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङ्गेली, पुर्व गाउँपालिका उपाध्यक्ष उदय बहादु राई लगायतले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार