काठमाडौँ । मङ्गलबार राती परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो ।
बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् भने नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेश प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
भारतमा पहिरोमा परी १५१ को मृत्यु
भारतको दक्षणि राज्य केरलामा मङ्गलबार भारी वर्षापछकिो पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ । त्यस्तै २०२ जना बेपत्ता भएका छन् । केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बहिान २ बजेतरि कम्तीमा तीन वटा ठूलो पहिरो खसेको थयि। भारी वर्षाको बचिमा पन उद्धार कार्य जारी छ । प्रभावति क्षेत्रहरूलाई नजिकको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ ।
भारतीय सेनाले प्रभावति क्षेत्रमा मेडकिल टोलीसहति २२५ कर्मचारी तैनाथ गरेको जनाएको छ । उद्धारका लागि भारतिय वायुसेनाका दुई हेलकिोप्टर परिचालन गरएिको छ । प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परविारलाई दुई लाख भारतीय रुपैयाँ लगभग दुई हजार ३ सय ८९ अमेरकिी डलर र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ ९ करिब ५ सय ९७ डलर क्षतपिूर्त घोषणा गरेको छ ।