Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा व्यवस्थित कृषि बजार (तस्बिरहरु)

इलाममा व्यवस्थित कृषि बजार (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शुक्रबार, साउन ११ २०८१


इलाममा व्यवस्थित कृषि बजार (तस्बिरहरु)

इलाम । कृषि उत्पादनको बजारीकरण गर्न उपयुक्त पूर्वाधार निर्माण भएपछि इलामको सदरमुकाममा नियमित रुपमा कृषि उपज र तरकारी खरिद बिक्रि गर्न सहज भएको छ । व्यवस्थित कृषि बजार संचालन भएपछि ग्रामीण क्षेत्रबाट आफ्नो उत्पादन बिक्रिका लागि बजार पुग्ने किसानले खुल्ला आकाशमा खरिद बिक्रि गर्नुपर्ने बाध्यता हटेको छ । सदरमुकामको अस्पताल छेउमा कृषि बजार पूर्वाधार निर्माण भएको छ । तरकारी तथा पशु बेचबिखनका लागि २ करोड रुपैयाँ लागतमा व्यवस्थित पूर्वाधार निर्माण भएको हो ।


इलाम नगरपालिकाले प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण गरि संचालनमा ल्याएको हो । ट्रस्ट तथा कर्कटपाताको छानो भएको भवन ६ सय १३ वर्ग किलोमिटर क्षेत्रफल निर्माण भएको छ । भवनमा तरकारी तथा फलफूल भण्डार कोठा पनि बनाइ संचालनमा आएका छन् ।
कृषि बजार निर्माण भएपछि साप्ताहिक हाट बजारपनि लाग्ने गरेको छ । व्यवस्थित कृषि बजार संचालन भएपछि ग्रामीण क्षेत्रबाट आफ्नो उत्पादन बिक्रिका लागि बजार पुग्ने किसानले खुल्ला आकाशमा खरिद बिक्रि गर्नुपर्ने बाध्यता हटेको छ ।


कृषि उत्पादनको बजारीकरण गर्न उपयुक्त पूर्वाधार निर्माण भएपछि इलाम बजारमा नियमित रुपमा कृषि उपज र तरकारी खरिद बिक्रि हुँदै आएको छ । कृषि उत्पादनको प्रशस्त सम्भावना बोकेको इलाम जिल्लामा कृषिको पूर्वाधार निर्माणले बजारीकरणमा सहज भएको हो । कृषि उपज र तरकारी नियमित बिक्रि गर्ने व्यवसायीहरुले खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता थियो । दिनभर संकलन भएको तरकारी र कृषि उपज सुरक्षाका लागि बेलुकी सुरक्षित ठाउँ खोज्नुपर्ने समस्या हटेको हो ।
इलाम सदरमुकामको कृषि बजारमा इलाम, देउमाई नगरपालिका, सन्दकपुर, र माईजोगमाई, गाउँपालिकामा उत्पादन भएको कृषि उपज र तरकारी खरिद बिक्रि हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार