इलाम । इलाम नगरपालिकाको सार्वजनिक स्थानमा डस्टविन राखिएको छ । इलाम नगरपालिका र हरित शान्ति अभियानले नगरपालिकाको विभिन्न स्थानमा सड्ने र नसड्ने शिसाजन्य फोहोर व्यवस्थापनका लागि डस्टबिन राखिएको हो ।
नगरपालिकाको जिरो किलोमिटर, गोलाखर्क भञ्ज्याङ लगायत विभिन्न स्थानमा डस्टविन राखिएको हरित शान्ति अभियानकी रिना घिमिरे घलेले जानकारी दिइन् ।



