Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अर्गानिक चियाखेतीमा रमाउँदै इलामका जयकुमार

अर्गानिक चियाखेतीमा रमाउँदै इलामका जयकुमार

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ९ २०८१


अर्गानिक चियाखेतीमा रमाउँदै इलामका जयकुमार

इलाम । दुर्बइमा सात वर्ष काम गरी घरगाउँ फर्केपछि इलाम-४ जस्बीरेका जयकुमार राई चियाखेतीमा लागे । ४४ वर्षीय जयकुमार हिजोआज झिसमिसेदेखि साँझसम्मै चिया बगानमा भेटिन्छन् । चियाको मुना टिप्न र बगान स्याहार्न व्यस्त जयकुमार नेपाली चियाको स्वाद नेपालीले नै नचिनेकोमा भने खिन्न छन् ।

चियाखेती र यसमा प्रयोग भइरहेको प्रविधिबारे पनि चासो राख्ने जसकुमारको एउटै ध्याउन्न छ, अर्गानिक चिया उत्पादन गर्ने । उनले त्यसैका लागि चियाबारी नजिकै वस्तुभाउ पालेका छन् । तिनैको गोबर मलमात्रै उनले चिया बगानमा प्रयोग गर्छन् । नेपालमा उत्पादित अर्गानिक चिया जापान, जर्मन, डेनमार्क र बहराइनजस्ता मुलुकमा जाने बताउँदै उनले अर्गानिक चियाको विदेशी बजार खोज्न र नेपालीलाई पनि यस्तो चियाको स्वादमा बानी पार्न सरकारले पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले पनि बहुसंख्यक हामी नेपाली बजारबाट किनेको सिटिसी चिया प्रयोग गर्छौं । थोरै उपभोक्ता मात्र नेपाली हाते पत्ती र अथोडक्स चिया प्रयोग गर्छन् । हामी नेपालीलाई मात्रै स्वदेशी चिया पिउन सिकाउने हो भने स्वास्थ त राम्रो हुन्छ नै स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि टेवा पुग्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार