काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरुक्षा कार्यालयका एसएसपी डम्बर बिकले रातोपाटीलाई बताए । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।