Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरको विकासका लागि पूर्वप्रधानमन्त्री खनालसँग माग

सन्दकपुरको विकासका लागि पूर्वप्रधानमन्त्री खनालसँग माग

  • सन्देश सम्बाददाता
  • सोमबार, चैत्र ५ २०७४


सन्दकपुरको विकासका लागि पूर्वप्रधानमन्त्री खनालसँग माग

इलाम । इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको विकासका लागि स्थानीयबासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग गरेका छन् । सन्दकपूर गाउँपालिका वडा नम्बर २ मा रहेको सन्दकपूर पर्यटकिय क्षेत्रमा वर्षका एक लाख पर्यटक पुग्ने गरेपनि विकासका पूर्वाधार नभएको भन्दै पूर्व प्रधानमन्त्री खनाललाई स्थानीयले ज्ञापन पत्र बुझाएका हुन् ।
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा १२ महिना गाडि गुड्ने सडक, खानेपानी, विद्युत र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गरेका हुन् ।
नेपाल भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपउन्मुख बन्यजन्तु, जडिबुटी र ६० हिमश्रङ्गखलाको दृश्यावलोकनका लागि हजारौ पर्यटकको आवागमन भएपनि पर्यटन पूर्वाधारको विकासको पर्खाइमा स्थानीयबासी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार