Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

काँकडभिट्टा नाका हुँदै पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

काँकडभिट्टा नाका हुँदै पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ८ २०८१


काँकडभिट्टा नाका हुँदै पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

इलाम । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा  १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ। उक्त अवधिमा  १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ। आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट  छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए।

यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ। सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ। आर्थिक वर्ष २०८०र०८१ मा यही नाका भएर रु छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ।

सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ। पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो। आव २०८०र८१ मा काँकडभिट्टाबाट रु ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार