Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फुपु सासुको स्मृतिका शिक्षिका साउदेनद्धारा विद्यार्थीलाई झोला

फुपु सासुको स्मृतिका शिक्षिका साउदेनद्धारा विद्यार्थीलाई झोला

  • विशाल साउदेन
  • मंगलबार, साउन ८ २०८१

फुपु सासुको स्मृतिका शिक्षिका साउदेनद्धारा विद्यार्थीलाई झोला

सन्दकपुर । युवा आधारभुत विद्यालयकी शिक्षिका राजकुमारी फेजुङ साउदेनले विद्यार्थीहरुलाई झोला (ब्याग) वितरण गरेकी छन् । उनले आफु अध्यापन गर्दै आएको सन्दकपुर–३ टारीमा रहेको विद्यालयका २३ जना विद्यार्थीहरुलाई विद्यालयको लोगो सहितको झोला वितरण गरेकी हुन् ।

उनले आफ्नो स्वर्गीय कान्छी फुपु सासु सुक्रमती साउदेनको स्मृतिमा विद्यार्थीहरुलाई झोला वितरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्रराज नेम्वाङले जानकारी दिए । झोला पाएपछि ग्रामिण क्षेत्रका विद्यार्थीहरु उत्साहित देखिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार