फिक्कल । माछा मार्ने क्रममा करेन्ट लागेर इलामका १९ बर्षका एक युवाको मृत्यु भएको छ । इलामको सुर्योदय नगरपालिका वडा नम्बर १३ स्थित लक्ष्मिपुर घर भई झापाको दमकस्थित धिमाल टोलमा डेरा गरि बस्दै आएका मौसम राईको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउँसो २ बजे माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
उनी बस्दै आएको घरदेखि करिब ३० मिटर पश्चिम पट्टि रहेको खोल्सिमा घरबाट बिजुलीको तार जोडि करेन्ट लगाई माछा मार्ने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागि गम्भीर घाईते भएका उनलाई उपचारको लागि दमकको आम्दा अस्पताल पुर्याएकोमा उपचारकै क्रममा दिउँसो करिब ३ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।