Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं : प्रधानमन्त्री ओली

दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं : प्रधानमन्त्री ओली

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन ६ २०८१

दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ। यसमा ढुक्क भए हुन्छ,’ उनले भने।

कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कारबाही हुने उनले बताए। ‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौं। सहकारीपीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं र जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार