चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा ४३ हजार भन्दा बढि पशुहरुलाई खोप दिइएको छ । पशु शाखाले खोप अभियान संचालन गरेर गाउँपालिकाको ६ वटै वडामा विभिन्न प्रकारका रोगहरुको खोप दिएको हो । पालिकामा गाई, भैसी, बंगुर तथा बाख्राहरु लाई खोरेत बिरुद्धको खोप, पिपिआर, स्वाइन फिबर, लम्पी स्किन बिरुद्ध को खोप लगाइएको छ ।
पशु स्वास्थ्य शाखा प्रमुख महेश राईले खोरेत बिरुद्धको खोप १३ हजार २ सय पशुहरुलाई लगाइएको छ । त्यसै गरी बाख्रालाई लक्षित गरेर २० हजार पिपिआर खोप लगाइएको छ । स्वाइन फिभरको ५ हजार र लम्पी स्किनको ५ हजार ४ सय पशुलाई खोप लगाइएको हो । गत फागुन देखि असा सम्म सन्चालन गरिएको उक्त खोप अभियान मा गाउँगाउँमा प्राविधिकहरु खटाइएको थियो ।
अभियानपछि गाउँपालिकाको ६ वटै वडामा ४३ हजार ६ सय पशु विभिन्न रोगबाट सुरक्षित रहेको जनाइएको छ ।