सन्दकपुर : विश्व रामसार क्षेत्रमा सुचिकृत चम्पकारण्य क्षेत्र माईपोखरीमा सरसफाई र वृक्षारोपण गरिएको छ । स्वस्फुर्त रुपमा भएको वृक्षारोपण भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, वडाध्यक्ष वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक तथा वडा नं २ का वडाध्यक्ष सनम राई, वडा नं ३ का वडाध्यक्ष लिल बहादुर बुर्जा, रणशार्दुल गणका प्रमुख सेनानी प्रल्हाद घले, पण्डित कृष्ण घिमिरे, बन्दुके प्रहरी चौकी, सब डिभिजन कार्यालय सन्दकपुरका कर्मचारी, माईपोखरी हर्वल एग्रिकल्चर फर्म प्रालिका संचालक देउकुमार राई, फार्ममा रहेका ओजेटिका विद्यार्थीहरु, नेपाली सेना, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
माईपोखरी क्षेत्रमा करिब २५० चाँप, १५० भन्दा बढि गुरासँ र विभिन्न फुलका प्रजाती गरि १ हजार भन्दा बढि विरुवा रोपिएको स्थानीय श्याम राईले जानकारी दिए । स्वस्फुर्त रुपमा भएको अभियानलाई निरन्तरता दिने उनले बताए । सकारात्मक सोचका साथ अघि बढ्ने युवा साथीहरुको उपस्थिति मा चम्पकारण्य क्षेत्र माईपोखरीको चम्पकन्या (चाप) साथै फल फूलको बिरुवा रोपनले जैविक विविधता संरक्षणमा टेवा पुग्ने वडाध्यक्ष सनम राईले बताए ।
सन् २००८ मा रामसार क्षेत्रमा सुचिकृत बहुधार्मिक माईपोखरी नेपालको एक सय पर्यटकीय गन्तव्यमा पर्दछ ।









