समाल्बुङ । करिव दुईसाता अघिदेखी शुरु भएको पहिरोले सुर्याेदय नगरपालिका–५ का चार परिवारको उठिवास लागेको छ । सुर्याेदय नगरपालिका वडा न ५ मेचिकिनार टोलका लाल बहादुर देवान,साख बहादुर देवान,कुसुम देवान र बेदप्रसाद देवानको करिव पैतालिस रोपनी जग्गा पहिरोले बगाइसकेको छ । पहिरो घर नजिकै आएको कारण अहिले नजिकैको गोठमा आश्रय लिईरहेको पिडित लाल बहादुर देवानले बताए ।
पहिरोले लालबहादुरको अलैची र अम्लिसो वगान रहेको बीस रोपनी, साखबहादुरको चियावारी रहेको बीस रोपनी र बेल प्रसादको पाँच रोपनी जमीन बगाएको हो । गत असार २३ गतेवाट लगातार तीन दिन पहिरो गएर चार परिवार बिस्तापित भएको जानकारी ससस्त्र प्रहरी, वडा कार्यलय,नगर पालिकामा आफुले लगातार जानकारी गराएका थिए । ससस्त्र प्रहरीले अनुगमन गरेको पिडितलाई रेडक्रसले एकथान कम्वल र प्लास्टिक बितरण गरेपनि अरु कसैले वास्ता नगरेको मेचीकिनार टोल बिकास संस्थाका संयोजक जयन्ती गिरीले बताईन् ।
गिरीका अनुसार तत्काल पिडितलाई सुरक्षित स्थानमा पुर्नवास गराएर दीर्घकालिन योजनामा लाग्नु पर्ने अवस्था रहेको छ । यस वारेमा सुर्याेदय नगरपालिका वडा न ५ का वडाध्यक्ष उर्गेन बम्जनसंग कुरा गर्दा पहिरो पिडित समक्ष आफु पुगेर स्थलगत अध्ययन गरेको बताए । उनले पिडित मध्येका तीन परिवारलाई सुरक्षित स्थानमा अस्थायी स्थान्तरण गरिएको र साख देवानलाई पनि सार्नै पर्ने अवस्था रहेकोले सार्ने तयारी भईरहेको वताए ।
वडाले बिस्थापित परिवारहरुको लागि राहत र पुर्नवासको लागि आवश्यक कागजी प्रक्रिया सकेको सुर्याेदय नगरपालिका बिपत ब्यवस्थापन समितिले अनुगमन गरि आवश्यक निर्णय गर्ने अध्यक्ष बम्जनले बताए । विपत परिसकेपछि स्थानिय सरकारले गरेको प्रकृयागत ढिलाईले पीडा माथि थप पीडा थपिदै गएको स्थानीय वासीहरुको दुखेसो रहेको छ ।