Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माईखोलाबाट बगाएर ल्याउँदै गरेको चिरान काठ नियन्त्रणमा

माईखोलाबाट बगाएर ल्याउँदै गरेको चिरान काठ नियन्त्रणमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन ४ २०८१


माईखोलाबाट बगाएर ल्याउँदै गरेको चिरान काठ नियन्त्रणमा

झापा । वर्षाको मौसमको फाइदा उठाउँदै कन्काई नदीमा बगाएर तस्करले ल्याउँदै गरेको चिरान काठ प्रहरीले बरामद गरेको छ । आज बिहान अन्दाजी ४ः३० बजेको समयमा शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको ट्यूबमा बाँधेर अवैधरुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोली र गैँडे सामुदायिक वन उपभोक्ता समितिसहितको टोलीले खोजी गरेको थियो ।

त्यसक्रममा अन्दाजी ५७ हजार बराबरको १९ क्यूफिट चिरान काठ फेला परेको थियो । काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार