Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय उद्योग बाणिज्य संघको अधिवेशनको तयारी तिब्र

सूर्योदय उद्योग बाणिज्य संघको अधिवेशनको तयारी तिब्र

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र २ २०७४


सूर्योदय उद्योग बाणिज्य संघको अधिवेशनको तयारी तिब्र

इलाम । सूर्योदय उद्योग बाणिज्य संघको प्रथम अधिवेशनको तयारी तिब्र भएको छ । पशुपतिनगर उद्योग बाणिज्य संघ र फिक्कल उद्योग बाणिज्य संघ एकिकृत भई गठन भएको सूर्योदय बाणिज्य संघको अधिवेशन तिब्र भएको हो । आगामि चैत्र १६ गते हुने एकिकृत उद्योग बाणिज्य संघको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको एकिृत उद्योग बाणिज्य संघ तदर्थ समितिका अध्यक्ष प्रमोद राईले बताए ।
सूर्योदय नगरपालिकामा दर्ताका लागि उद्योग बाणिज्य संघको तदर्थ समितिले विधान र तदर्थ कार्यसमितिको नामावाली तीन साता अघि पेश गरेको थियो । नगरपालिकाले विधानको अध्ययन र आवश्यक कागजात पुरा गरि दर्ताको प्रक्रिया पुरा गरेको बाणिज्य संघका सचिव दामोदर चापागाईले बताए । यसैबिच उद्योग बाणिज्य संघको प्रथम अधिवेशनको तयारीका लागि विभिन्न समिति बनेका छन् ।
फिक्कल स्थित उद्योग बाणिज्य संघको कार्यालयमा शुक्रबार बसेको बैठकले अध्यक्ष प्रमोद राईको संयोजकत्वमा मुल आयोजक समिति तथा आर्थिक समिति, मिलन क्षेत्रीको संयोजकत्वमा अतिथि सत्कार उप समिति, कृष्ण कुमारी खड्काको संयोजकत्वमा व्यवस्थापन समिति र सुजन तिमल्सिनाको संयोजत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

एक हजार २ सय उद्योगले दर्ता रहेको फिक्कल र पशुपतिनग उद्योग बाणिज्य संघका सदस्य रहेको सूर्योदय उद्योग बाणिज्य संघको उद्योग नविकरणको समय चैत्र १० गतेसम्म तोकिएको छ ।
चैत्र १६ गते हुने अधिवेशनले एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक÷एक महासचिव, सचिव र कोषाध्यक्ष सहित १५ जना निर्वाचिन हुनेछन् भने दुई जना नयाँ कार्यसमितिले मनोनयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार