पुवाखोला । इलाम नगरपालिका ४ मलातेमा चरिबाघ भेटिएको छ । लेकाली क्षेत्रमा पाइने चरिबाघ इलामको तल्लो क्षेत्रमा देखिएको हो । इलाम नगरपालिका ४ स्थित कोल भन्ने स्थानमा चरिबाघ भेटिएको हो । माउ १ र बच्चा २ वटा स्थानीयले देखेर वडा कार्यालयमा खबर गरेपछि वडा कार्यालयले डिभिजन वन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामलाई खबर गरिएको इलाम नगरपालिका ४ का अध्यक्ष नुतनदेव दुलालले बताए ।
