Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

ओली भष्मासुर भएर निस्किए : झलनाथ खनाल

ओली भष्मासुर भएर निस्किए : झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २३ २०८१


ओली भष्मासुर भएर निस्किए : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्।

सम्मानित नेता खनालले ओलीले संसद् विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाए।

पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसद्‌लाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे।

उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरुले एमालेबाट बिद्रोह गर्नुपरेको पनि बताए।

सम्मानित नेता खनालले आफूहरुले दक्षिणपन्थी अवसरवादी विरुद्धको संघर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी गरे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार