Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सूर्याेदयकी राई उत्कृष्ट उद्यमीकाे रूपमा पुरस्कृत

सूर्याेदयकी राई उत्कृष्ट उद्यमीकाे रूपमा पुरस्कृत

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २३ २०८१


सूर्याेदयकी राई उत्कृष्ट उद्यमीकाे रूपमा पुरस्कृत

फिक्कल । इलामकाे सुर्योदय नगरपालिका-१० फिक्कल बजार स्थित रिसिम क्रियसन एण्ड बुटिककी प्रोप्राइटर रमिला राई कोशी प्रदेशकै उत्कृष्ट महिला लघु उद्यमी पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् ।

बिराटनगरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कोशी प्रदेशका १४ जिल्लामा रहेर उद्यम र उद्यमशिलताको क्षेत्रमा निरन्तर रुपमा योगदान गर्ने १४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको हो । जसमा इलामबाट सुर्योदय नगरपालिका-१० कि राई छनाैट भएकी थिइन् ।

उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की साथै अर्थ मामिला मन्त्री राम बहादुर मगरले नगद ५० हजारको , सम्मानपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । राईले हाल सुर्योदय नगरपालिका-१० फिक्कल र तीनघरे बजारमा २ वटा फेसन बुटीक संचालन गर्दै १० जनालाइ मासिक रोजगरी दिएकी छन् ।

सिजन र माग अनुसार कहिले काहीँ १५ / २० जनाले नै मासिक रोजगारी पाउने गरेकाे उनले बताइन् । उद्योगमा उत्पादित तयारी वस्तु युके, युएस ,जापान ,कोरिया ,थाइल्यान्ड, क्यानडा आदि देशमा निर्यात हुँदै आएको छ ।

नेपालमै पनि हाल बुटिकका उत्पादनहरू लेङ्गा चोली ,अर्नामेन्ट, सिलाम साक्मा, व्याग आदिको खपत बढेको उनले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार