ताप्लेजुङ (फुङ्लिङ्ग) । हिमाली जिल्ला ताप्लेजुङ्गमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न केचना कंचनजंघा पर्यटन विकास समितिले पर्यटन पूर्वाधार निर्माणमा सहयोगलाई निरन्तरता दिएको छ । ताप्लेजुङ्ग नगरपालिका ६ स्थित गुम्बाडाँडा सामुदायीक होमस्टेले संचालनमा ल्याएको सामुदायीक भवन निर्माणलाई पूर्णता दिन समितिले चालु आर्थिक वर्षमा ५ लाख बराबरको पूर्वाधार निर्माण गरेको हो । केचना कंचनजंघा पर्यटन विकास समितिले गुम्बाडाँनडा सामुदायीक होमस्टेको माग अनुसार सामुदायीम भवनसँगै शौचालय निर्माणमा समितिले सहयोग गरेको हो ।

कोशी प्रदेशका चार जिल्लामा पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणका नेपाल सरकारले गठन गरेको समितिले चालु आर्थिक वर्षको पुँजीगत बजेटबाट सामुदायीक होमस्टेको माग अनुसार शौचालय निर्माण गरिएको समितिका कार्यकारी निर्देशक केसव कुमार द्यौरालीले बताए । समितिको ५ लाख र उपभोक्ताको १ लाख श्रमदानबाट पक्कि शौचालय निर्माण गरिएको गुम्बाडाँडा समुदायीक होमस्टेकी अध्यक्ष पूर्णकुमार गुङ्गले जानकारी दिइन् ।
पूर्वाधार निमाृणमा ताप्लेजुङ्ग नगरपालिका वडा नम्बर ६ ले प्राविधिक सहयोग गरेको छ । पक्कि शौचालय निर्माणको काम सम्पन्न भइसकेको प्राविधिक मञ्जु बस्नेतले जानकारी दिइन् । योजनाको केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिना, कार्यकारी निर्देशक केसवकुमार द्यौराली, पत्रकार खेमराज ढकाल, ताप्लेजुङ्ग नगरपालिका ६ का अध्यक्ष मदन गुरुङ्ग, प्राविधिक मञ्जु बस्नेत सहितको टोलीले अनुगमन गरेका थिए ।
गुम्बाडाँडालाई पर्यटकको हव बनाउन गुरुयोजना बनाउने
ताप्लेजुङ्ग सदरमुकामबाट ६ किलोमिटरको दूरीमा रहेको गुम्बाडाँडा सामुदायीक होमस्टे क्षेत्रलाई पर्यटकको हव बनाउन गुरुयोजना बनाउने समझदारी भएको छ । केचना कंचनजघा पर्यटन विकास समितिको आयोजना भएको दिगो पर्यटन प्रवद्र्धन बारे आयोजना गरेको अन्तरक्रियामा तीनै तहका सरकारबिच सहकार्य गरि पर्यटकहरुको हव बनाउन गुरुयोजना बनाउने समझदारी भएको हो । गुम्बाडाँडा ्रसामुदायीक होमस्टेकी अध्यक्ष पूर्णकुमार गुरुङ्गको अध्यक्षता र वडाअध्यक्ष मदन गुरुङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गुम्बाडाँडा गुरुङ्ग समुदायको बसोबास भएको क्षेत्र भएकाले सास्कृतिक क्ष्ेत्रको रुपमा विकास गर्न सकिने संभावना पनि औल्याइएको छ । पर्यटनको संभावनाका बिषयमा आगामि आर्थिक वर्षमा केचना कंचनजंघा पर्यटन विकास समिति र स्थानीय पालिकाबिच छलफल गरि गुरुयोजना बनाएपछि योजना कार्यान्वयन गर्ने अन्तरक्रियाको निष्कर्ष रहेको बताए । पर्यटनको संभावना हुँदाहुँदै पनि स्थानीयबासीमा आवश्यक तालिम र योजना कार्यान्वयका लागि पर्यटनबारे जानकार दक्ष जनशक्ति अभाव रहेको वडाअध्यक्ष गुरुङ्गले जानकारी दिए । दक्ष जनशक्ति उत्पादनका लागि के कस्ता कार्यक्रम गर्ने त्यसबारे गुरुयोजना नै बनाउनुपर्ने उनले जोड दिए ।

अन्तरक्रियामा केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यत्रकारी निर्देशक केशवकुमार द्यौरालीले पर्यटन विकासका लागि समितिले सानो लगानीमा आर्थिक विकास गर्ने योजनाहरु कार्यान्वय गर्ने र आगामि दिनमा पनि गुम्बाडाँडा सामुदायीक होमस्टेलाई सहयोग गर्ने बताए । अन्तरक्रियामा केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिनाले पर्यटनका लागि व्यवस्थित कार्ययोजनाका साथ अघि बढ्ने पर्ने भएकाले ताप्लेजुङ्ग नगरपालिकाले पनि कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए । उनले अब शिक्षा विकासको क्यालेण्डर झै पर्यटनको क्षेत्रको पनि आवश्यक रहेको बताए । कार्यक्रममा गुम्बाडाँडा होमस्टेका सल्लाहाकार मणिराज गुरुङ्गले होमस्टेको अवस्थाका बारेमा जानकारी दिएका थिए ।