Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

देशभर मनसुन सक्रिय : बिहीबारसम्म यी स्थानमा सचेत रहनुपर्ने

देशभर मनसुन सक्रिय : बिहीबारसम्म यी स्थानमा सचेत रहनुपर्ने

  • सन्देश सम्बाददाता
  • आइतबार, असार १७ २०८१


देशभर मनसुन सक्रिय : बिहीबारसम्म यी स्थानमा सचेत रहनुपर्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको बताएको छ । मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना भएकोले असार २० गते बिहीबारसम्म सतर्कता अपनाउन भनेको हो ।
सोमबारदेखि बिहीबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक‍ दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
तसर्थ भू क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध छ।

प्रतिक्रिया
सम्बन्धित समाचार