Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

महाधिवेशनमा झलनाथ र घनश्याम मिलेर जाने सहमति

महाधिवेशनमा झलनाथ र घनश्याम मिलेर जाने सहमति

  • सन्देश सम्वाददाता
  • बुधबार, असार १३ २०८१


महाधिवेशनमा झलनाथ र घनश्याम मिलेर जाने सहमति

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र पार्टीका महासचिव घनश्याम भुसालबीच आज भेटवार्ता भएको छ। भेटका क्रममा दुवै नेताहरूले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति भएको भुसालले जनाएका छन्।

नेतृत्व निर्माण गर्ने सम्बन्धमा पनि समझदारीपूर्वक अगाडि बढ्ने सहमति भएको उनले दावी गरेका छन्। अन्य विषयमा थप छलफल गरी निर्णय गरिने पनि समझदारी बनेको भुसालले बताएका छन्। एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ। त्यसमा पार्टी अध्यक्ष माधव नेपाल र नेता खनालले नेतृत्वमा आ-आफ्नो दावी प्रस्तुत गर्दै आएका छन्।

नेपाल र खनाल दुबैजना भुसाललाई महासचिवमै दोहोर्‍याएर आफू अध्यक्ष हुन चाहन्छन्। यसै सन्दर्भमा खनाल र भुसालबीच खनालनिवास डल्लुमा भेटवार्ता भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार