Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकाकाे बजेट ४१ करोड भन्दा बढि

सन्दकपुर गाउँपालिकाकाे बजेट ४१ करोड भन्दा बढि

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १२ २०८१


सन्दकपुर गाउँपालिकाकाे बजेट ४१ करोड भन्दा बढि

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले ४१ करोड भन्दा बढिको बजेट ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ४१ करोड ७ लाख ६ हजार रुपैयाको बजेट ल्याएको हो ।

पालिकाले आर्थिक विकास तर्फ ७ करोड ५१ लाख (१८.२%) बजेट ल्याएको छ । सामाजिक विकास तर्फ १६ करोड ५८ लाख ५० हजार (४०.५%), पुर्वाधार विकास क्षेत्रमा ८ करोड ५९ लाख १३ हजार (२०.९%) बजेट ल्याएकाे हाे ।

त्यस्तै वन  वातावरण क्षेत्र तर्फ ३२ लाख ५० हजार (०.८%), संस्थागत विकास तर्फ ८ करोड ५ लाख ८५ हजार (१९.६%) बजेट सार्वजनिक गरेको हो । गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले बजेट प्रस्तुत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार