माई : इलामको माई नगरपालिका नगरसभा तथा १५ औ अधिवेशन सोमबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०र८१ को ६० करोड ९२ लाख एक हजार रुपैयाको आयव्याय पारित गर्दै सम्पन्न भएको छ । नगरसभाका अध्यक्ष तथा माई नगरपालिकाका प्रमुख खम्वा सिं लिम्बूको सञ्चालन, अध्यक्षत एवम नीति तथा कार्यक्रम प्रस्तुत, उपप्रमुख हिमा भण्डारीबाट आर्थिक बर्ष २०८१र०८२ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माको समन्वयमा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक बर्ष २०८१/८२ को लागि आय तर्फ संघीय समानीकरण तर्फ ११ करोड ४८ लाख, प्रदेश तर्फ ७० लाख ८९ हजार, राजश्व वाडफाँड संघ ११ करोड ७२ लाख, प्रदेश ६० लाख ८४ हजार, समपुरक संघ ५५ लाख, प्रदेश एक करोड ३० लाख, सशर्त संघ २३ करोड ६७ लाख ५८ हजार, प्रदेश एक करोड ३५ लाख ३ हजार र आन्तरिक ९ करोड ४३ लाख ६६ हजार गरी ६० करोड ८३ लाख एक हजार आय अनुमान गरेको छ ।
सभामा आगामी बर्षको व्याप तर्फको क्षेत्रगत अनुमानित बिनियोजन अन्तर्गत आर्थिक विकास तर्फ शिक्षा, पशु, सहकारी, उद्योग, पर्यटन क्षेत्र विकासका लागि दुई करोड ५५ लाख ५० हजार, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लक्षित समूह विकास तर्फ पाँच करोड ६३ लाख ४० हजार, प्रर्वाधार विकास तर्फ सडक, झोलुङ्गेपुल, सिंचाई, भवन आदीको लागि ९ करोड १६ लाख ४० हजार रुपैया, वन, वातावरण, तथा विपद व्यवस्थापन तर्फ सामुदायिक बन, भुसंरक्षण तथा जलाधार स।रक्षण, फोहरमैला व्यवस्थापन, प्रकोप नियन्त्रण, आदीको लागि एक करोड १८ लाख रुपैया विनियोजन गरेको छ ।
त्यस्तै संस्थागत विकास तथा सेवा प्रवाहा तर्फ जनप्रतिनिधीको सेवासुविधा, कर्मचारी तलवभक्ता, कार्यालय संचालन लगायत कामका लागि तोकिएका बिर्षकको खर्च गर्ने गरि ११ करोड ४२ लाख विनियोजन गरिएको नगर उपप्रमुख हिमा भण्डारीले जानकारी दिइन् । त्यस्तै संघ, प्रदेश सशर्त समपुरक अनुदानका लागि तोकिएका शिर्षकमा तोकिएको खर्च गर्ने गरि २६ करोड ८७ लाख ६१ हजार रकम विनियोजन गरिएको छ ।
सोमबार शुरु भएर सोमबार नै सम्पन्न नगरसभाबाट वडागत रुपमा २५ लाखका दरले प्रस्तावित कार्यक्रम र बजेट पारित गरिएको छ । सभामा बार्षिक नीति तथा कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्ष २०८०र८१ को अनुमानित आम्दानी ६२ करोड ५६ लाख २१ हजार अनुमान गरिएकोमा हाल सम्म ५० करोड ५९ लाख १३ हजार अर्थात ७२ दशमलब २७ प्रतिशत खर्च भएको जानकारी गरिएको थियो ।
यस्तै नगर सभा सदस्य तथा माई–८ का वडा सदस्य शेर वहादुर वस्नेतले योजनामा विषयमा र माई ३ का वडा सदस्य देउमान लिम्वुले वडाबाट आएका योजना समावेश नभएको गुनासो सभामा प्रश्न गरेका थिए । दुबै नगर सभा सदस्यको गुनासोलाई नगर प्रमुख लिम्बूले छुटेका योजनालाई समावेश गर्न सकिने जानकारी सहित समाधान गर्ने गरी प्रतिबद्धता व्यक्त गरे ।
लेखा समितिको प्रतिबेदन कार्यापालिका सदस्य खड्ग सुन्दर योङहाङबाट प्रस्तुत गर्दै विभिन्न वेरुजु न्युनिकरण गर्न सम्बन्धित शाखाकालाई प्रतिबेदन मार्फत आग्रह गरेका थिए । सभामा न्यायिक समितिको प्रगती प्रतिवेदन सदस्य राजकुमार गड्तौलाले गर्नु भएको थियो । सबै प्रतिबेदन तथा नीति कार्यक्रम ध्वनी मतका साथ पारित भएको प्रमुख लिम्बूले जानकारी दिए ।