Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पर्यटकहरुको गन्तव्य बन्यो रोङ गाउँपालिकाको गुगल पोइन्ट (तस्बिरहरु) 

पर्यटकहरुको गन्तव्य बन्यो रोङ गाउँपालिकाको गुगल पोइन्ट (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • आइतबार, असार १० २०८१


पर्यटकहरुको गन्तव्य बन्यो रोङ गाउँपालिकाको गुगल पोइन्ट (तस्बिरहरु) 
इलाम (कुटिडाँडा) । इलामको रोङ गाउँपालिका ३ को गुगल डाँडा अहिले पर्यटकको आकर्षक गन्तव्यस्थल भएको छ । नेपाल सरकारको भु मापन विन्दु गुगल डाँडा अहिले नेपाल र भारतका पर्यटकहरुको गन्तव्यस्थलल भएको हो ।
समुन्द्र सतहबाट १८ सय मिटरमा अवस्थित छ गुगल डाँडा । रोङ गाउँपालिका ३ बाट शुरु हुने करसोङ पदमार्गमा पर्ने गुगल डाँडामा असारको झरीमा पनि नेपालसँगै छिमेकी भारत र भुटानका पर्यटकहरुको भिड रहेको थियो । तराईको गर्मी छल्न अहिले पर्यटकहरु गुगलपार्क पुग्न थालेका हुन् ।
नेपाल सरकार, नापी विभागको भू–मापन विन्दु रहेको डाँडा नै गुगल पोइन्ट हो । रोङ गाउँपालिका–३ को सुनाखरी सामुदायिक वन क्षेत्रको यस गन्तव्यलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न गुगल पोइन्ट नामाकरण थियो ।
रोङ गाउँपालिकाको अग्लो डाँडामा पर्ने गुगल पोइन्टमा भारतको कलकत्ता, दार्जिलिङ र सिक्किमबाट नेपाल भ्रमण गर्ने पर्यटकहरु अहिले पुग्न थालेका हुन् । भु–मापन विन्दु रहेकाले बढी बौद्य धर्ममा आस्था राख्ने पर्यटकहरु पुगेर भुमि पुजा गर्ने गरेका छन् ।
गुगल पोइन्टबाट सूर्योदय, कञ्चनजंघा हिमश्रङ्खला, अन्तुडाँडा, भारतका अधिकांश भू–भाग, तराईका समथर भू–भाग, मेची नदीको अवलोकन गर्न    सकिन्छ ।  गुगल पोइण्ट कन्याम र पाथीभराको भ्रमण गर्ने पर्यटकहरुले एउटै खर्चमा पुगेर मनोरञ्जन लिन सक्छन् । गुगल पोइन्टलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको पनि काम हुँदै आएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुबासले बताए ।  गुगलडाँडाबाट नजिकै गिद्धेभिर रहेको छ । गिद्धको बासस्थान रहेको अग्लो पहाड रहेकाले यहाँ पक्षिविज्ञहरु पनि पुग्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार