सन्दकपुर । नेपाल मगर संघ सन्दकपुर गाउँपालिका ४ को प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन तदर्थ समितिका अध्यक्ष कृष्ण बहादूर रेस्मी मगरको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि मगर संघ कोशी प्रदेश समितिका सदस्य मिना पुलामी मगर रहेकी थिइन् । अधिवेशनमा नेपाल मगर संघ जिल्ला सदस्य अर्जुन लुङ्गेली, नेपाल आदिवासी जनजाति महासंघ सन्दकपुर गाउँपालिका अध्यक्ष रुपेन्द्रराज नेम्बाङ्गको आतिथ्यता रहेको थियो ।
अधिवेशनले नेपाल मगर संघ सन्दकपुर–४ को नयाँ समिति चयन गरेको छ । समितिको अध्यक्षमा हर्कराज मगर, उपाध्यक्ष रितुमाया मगर, सचिवमा रजु मगर, सहसचिवमा बिना मगर र कोषाध्यक्षमा शेखर मगर चयन भएका छन् । समितिको सदस्यमा नन्दकुमार मगर, मदन मगर, दिपेन्द्र मगर, बल बहादूर मगर, कुसुम मगर र बिनोद मगर रहेका छन् ।
अधिवेशनमा सन्दकपुर ४ निवासी स्वर्गीय खड्ग बहादूर मगरको स्मृतिमा उनको छोरा बुहारी र छोरीले २ रोपनी जग्गा स्थानीय नाटुनाम पहर छुर्गा गुम्बालाई प्रदान गरेका छन् । उनीहरुले कार्यक्रमकै अवसरमा संयुक्त रुपमा जग्गाको लालपुर्जा हस्तान्तरण गरेका थिए । जग्गा हस्तान्तरणमा दाताहरु नन्दकुमार मगर, रिता मगर, हेमन्त मगर, जमुनादेवी मगर, पूर्णकुमार मगरको उपस्थिति रहेको थियो ।
