इलाम : इलाम चुलाचुलीका पत्रकार देवेन्द्र पौडेल सम्मानित भएका छन् । बिहीबार सम्पन्न चुलाचुली गाउँपालिकालको गाउँसभाको अवसरम पत्रकार पौडेललाई नगद १० हजारसहित सम्मान गरेको हो । पौडेललाई चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लिम्बू र प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढलाल नगद र सम्मानपत्र प्रदान गरे ।
पत्रकार पौडेलल पत्रकारिताको माध्यमबाट चुलाचुलीको विकास र समृद्धिका लागि निर्वाह गर्नसभएको भूमिकाको कदर गर्दै सम्मान गरिएको चुलाचली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । पौडेल स्थानीय इलाम टाइम्स अनलाइनका प्रधान सम्पादक हुन् ।