फिक्कल । नेकपा एकीकृत समाजवादी इलामले सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । पार्टीको दशौँ महाधिवेशनका लागि आज देशैभर प्रतिनिधि चुनिएका छन् । यसै क्रममा इलामको २ वटै क्षेत्रबाट प्रतिनिधि चुनिएका हुन् । फिक्कलमा भएको भेलाबाट इलाम जिल्लाका २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम–१ बाट खुल्ला तर्फ बृहस्पती खतिवडा, शम्भु दाहाल, जीत बहादुर राई, जीत बहादुर निरौला, श्याम कुमार राई, मान बहादुर गुरुङ, लाल बहादुर सुब्बा, सोनाम छिरिङ लामा, कृष्ण भट्टराई, पेमा उगेन लामा चुनिएका छन् ।
त्यसैगरी मदन समाल, शरण राई, रण बहादुर राई, रुप नारायण अर्याल, एक राज घिमिरे, शिव कुमार बस्नेत, टेक बहादुर राई र प्रेम तामाङ समेत खुल्लाबाट चुनिएका छन् । दलित तर्फबाट हरिमाया दर्जी, तृष्णा लुहार र चित्रकला बराइली चुनिएका छन् । महिला कोटामा नरमाया सुब्बा, सूर्य कुमारी राई, सावित्रा गड्तौला र कलिका राई चुनिएका छन् ।
इलाम क्षेत्र नं २ बाट मिसन चाम्लिङ राई र हरिबाला राई चुनिएका छन् । एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ।