Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

  • सन्देश सम्बाददाता
  • आइतबार, असार ३ २०८१


पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

ताप्लेजुङ — ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ । सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार