Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पालिकालाई आवश्यक भएरै भाडामा गाडी लिएको हो : अध्यक्ष स्याङ्बो

पालिकालाई आवश्यक भएरै भाडामा गाडी लिएको हो : अध्यक्ष स्याङ्बो

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ३० २०८१


पालिकालाई आवश्यक भएरै भाडामा गाडी लिएको हो : अध्यक्ष स्याङ्बो

रोङ । इलामको रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले गाउँपालिकालाई आवश्यक भएरै गाडी भाडामा लिएको भन्दै उपाध्यक्षले मात्रै प्रयोग गरेको भन्ने आरोप गलत रहेको बताएका छन् । अध्यक्ष स्याङ्बोले केही दिनअघि सामाजिक सञ्जाल र मिडियामा आएअनुसार पालिकाले भाडामा लिएको गाडी उपाध्यक्षले मात्रै प्रयोग नगरी गाउँपालिकाले नै प्रयोग गरेको स्पष्ट पारेका हुन् ।

‘गाउँपालिकाले नै कार्यालय प्रयोजनका लागि त्यो गाडी भाडामा लिएको हो, उपाध्यक्षले एक्लै चढ्नुभो भन्ने कुरा सरासर गलत छ,’ अध्यक्ष स्याङ्बोले भने, ‘अरू जनप्रतिनिधि र गाउँपालिकाले नै विभिन्न कामका लागि त्यो गाडी प्रयोग गरेका छौं ।’ रोङ गाउँपालिकाकै निर्णयबाट सबै प्रक्रिया पूरा गरेरै गाडी भाडामा लिइएको भन्दै अध्यक्ष स्याङ्बोले कसैलाई चित्त नबुझे कानुनी प्रक्रियामै जान चुनौती दिए

‘पालिकाले नाइट्रोजन ग्यास ओसार्नेदेखिका सबै काम आफैं गर्ने भएकाले अत्यावश्यक भएरै त्यो गाडी भाडामा लिएको हो,’ उनले भने, ‘नियम पुगेको छैन भने मुद्दा हाले हुन्छ, हामी जिम्मा लिन्छौं, हामी पनि त्यही गाडीमा चढ्छौं । धेरै काममा त्यही गाडी प्रयोग गरिरहेका छौं ।’ चालकको तलबसहित मासिक एक लाख ३० हजार भाडामा लिइएको गाडी उपाध्यक्षकै पति बुद्धिबहादुर भुजेलको हो ।

उपाध्यक्ष भुजेलले गाउँपालिकाले कोटेसनलगायत सबै प्रक्रिया पूरा गर्दा सबैभन्दा कम दररेटको गाडी लिनुपर्ने भएकाले त्यही गाडी लिनुपरेको बताइन् । ‘प्रक्रिया पूरा गर्नेक्रममा कानुनी रूपमा जे व्यवस्था छ, त्यो हुने हो,’ उपाध्यक्ष भुजेलले भनिन्, ‘तैपनि, गाडी धनी र गाउँपालिकाबीचको सम्झौता रद्द भइसकेको छ ।’ गत मंसिर २५ मा बसेको कार्यपालिका बैठकले पालिकाका लागि फोरह्विल गाडी भाडामा लिने सर्वसम्मत् निर्णय गरेको थियो ।

निर्णयपछि मंसिर २६ मा पालिका र गाडी धनीबीच सम्झौता भएको थियो । पालिका पेजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार