इलाम । सवारी दुर्घटनामा ज्यान गुमाएका तोया घिमिरेको स्मृतिमा परिवारले राहसल बाल गृह र माईभगवती वृद्धाश्रममा खाध्यान्न सहयोग गरेका छन् । घिमिरे परिवारले प्रथम मासिक पुन्य तिथिमा इलाम नगरपालिका–९ मा रहेको अनाथालय र इलाम–१० मा रहेको बृद्धाश्रममा आश्रितहरुलाई भोजन गराइ खाध्यान्न सहयोग गरेका हुन् ।
इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा गत बैशाख २८ गते सवारी दुर्घटनामा तोयाको मृत्यु भएको थियो ।
