Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सास्कृतिक महोत्सव तथा समान कार्यक्रम सम्पन्न (तस्बिरहरु)

सास्कृतिक महोत्सव तथा समान कार्यक्रम सम्पन्न (तस्बिरहरु)

  • लिला बहादुर लिम्बु
  • आइतबार, जेष्ठ २७ २०८१


सास्कृतिक महोत्सव तथा समान कार्यक्रम सम्पन्न (तस्बिरहरु)

फाकफोकथुम । नेपाल आदिबासी जनजाती महासंघ समन्वय समिती फाकफोकथुमको आयोजनामा स्कृतिक महोत्सव तथा समान कार्यक्रम सम्पन्न भएको छ । जनजाती महासंघ समन्वय समिती थुमका अध्यक्ष मुना राईको अध्यक्षतामा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईको प्रमुख अतिथी तथा बिशेष अतिथि जनजाती महासंघ समन्वय समिती इलामका सचिव याम वाङ्देलको उपस्थितिमा सास्कृतिक महोत्सव तथा समान कार्यक्रम समापन भएको हो । कार्यक्रम फुयतप्पाको बिष्णु माध्यमिक विद्यालयको खेलमैदानमा बिभिन्न जातजातिहरूको सास्कृतिक प्रदर्शन आयोजना गरिएको थियो।
फाकफोक थुम गाउँ पालिकाको आ व २०८० र ८१मा कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । आदिवासी जनजाति समुदाय लक्षित कार्यक्रम अन्तर्गत आदिवासी जनजातिहरुको महान चाड उभौली पर्वका अवसरमा आदिवासी जनजातिहरूको लोप हुँदै गईरहेको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । रैथाने मौलिक बाजा तथा नाच लिम्बु समुदायहरूले च्याब्रुङ नाच, राई जातिले साकेला नाच सुनुवार मुखिया, सुनुवार नाच, मगर जातिले हुर्रा नाच, नेवार समुदायले लाखे नाच, ब्राह्मण जातीले संगिनी नाच साथै छेलो हान्ने क्लवले नौमति बाजा बिष्णु माध्यमिक विद्यालयको खेलमैदानमा प्रदर्शन गरेका थिए।
कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ समन्वय समिती फाकफोकथुम वडा चारका अध्यक्ष पदम बहादुर मगर दर्लामीलाई समान पत्र सहित समान गरिएको थियो । आदिवासी जनजाति महासंघ समन्वय समिती जिल्ला सचिव याम वाङ्देलले राज्यले आदिवासी जनजातिहरुलाई हेर्ने दृष्टिकोण तथा बिभेदकारी रहेकोले अधिकार प्राप्तिका निम्ति सवै आदिवासी जनजातिहरु एक हुन पर्ने बताइन् । त्यसैगरि प्रमुख अतिथी गाउँ पालिका उपाध्यक्ष कल्पना राईले आगामी दिनमा आदिवासी जनजातिहरुको क्षमता अभिवृद्धि तथा हकहितको लागि साथै भाषा संस्कृति जगेर्ना साथै जातिय संस्थाहरूलाई समान गरिने बताइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार