फिक्कल । रोङ उद्योग वाणिज्य संघ द्वारा आयोजित रोङ प्रथम पर्यटन तथा कृषि महोत्सव २०८१ को आयव्यय सार्वजनिक गरिएको छ । प्रसिद्ध धार्मिक स्थल पाथिभाराको हाँसपोखरीमा गत बैशाख ६ गते सम्म संचालित महोत्सवमा आम्दानी तर्फ रू ६ लाख ९८ हजार २ सय ८५ भएको छ ।
खर्च तर्फ ९ लाख ५८ हजार २ सय २० रूपैयाँ भएको आयोजक समितिले जनाएको छ । जसमध्ये १ लाख ६३ हजार ९ सय ३५ समितिलाई दायित्व रहेको छ ।
आम्दानीका शिर्षकहरूमा गाउँपालिकाबाट रू १ लाख, संघसंस्था र उद्योगी व्यावसायीबाट रू २ लाख ३४ हजार ५ सय ८५ , प्रवेश टिकटबाट ७३ हजार २ सय, स्टल बिक्रिबाट २७ हजार, मनोरञ्जन खेलबाट १ लाख, आन्तरिक सापटीबाट ७६ हजार ,होटल व्यावसाय बाट, ५० हजार, टेण्ट एवम साउण्ड सिस्टमबाट ३० हजार र पार्किङ शुल्क बापत ३ हजार ५ सय रहेका छन ।
खर्च शिर्षकमा मैदान व्यवस्थापनमा ६१ हजार २ सय २० , प्रचारप्रसारमा ७० हजार, खाना नास्ता तथा अतिथि व्यवस्थापनमा १ लाख ६० हजार , टेन्ट र गेटमा २ लाख ३० हजार, साउण्ड सिस्टम खर्च १ लाख ६० हजार, कलाकार तर्फ २ लाख १७ हजार र छपाई तथा मसलन्दमा ६० हजार भएको विवरण संघका अध्यक्ष नगेन्द्र राईले प्रस्तुत गरे।
उनले पहिलो प्रयास भएकाले पनि आफुहरूले धेरै कुरा सिकेकाले आगामी बर्ष भने बृहत गर्ने गरिको तयारी आजै बाट भएको बताए । उ आय-व्यय सार्वजनिकको अवसरमा मिडिया पार्टनर रेडियो बुद्धवाणी एफएम र इलाका प्रहरी कार्यलय पशुपतिनगरलाई प्रसंशा पत्र प्रदान गरिएको छ ।
हाँसपोखरीको कभर्डहलमा भएको कार्यक्रमलाई संघका महासचिव माधव निरौलाले संचालन गरेकाे संघका उपाध्यक्ष डाइमन्ड तिमलसिनाले जानकारी दिए ।