Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बिश्व वातावरण दिवसमा सूर्योदयमा वृक्षारोपण र सरसफाई

बिश्व वातावरण दिवसमा सूर्योदयमा वृक्षारोपण र सरसफाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २४ २०८१


बिश्व वातावरण दिवसमा सूर्योदयमा वृक्षारोपण र सरसफाई

फिक्कल : बिश्व वातावरण दिवस-२०२४ को अवसरमा फिक्कल बजार क्षेत्रमा सरसफाई गरिएको छ । दिवसको अवसरमा सूर्योदय नगरपालिकाको बन वातावरण तथा बिपद ब्यवस्थापन शाखाको आयोजना तथा बिभिन्न संघ संस्थाको सहकार्यमा सरसफाई गरिएको हो ।
फिक्कल बजारको गुम्बा पार्कबाट शुरु भएको सरसफाई कार्यक्रम फिक्कल बजारका चोकचोकमा गरिएको थियो ।सरसफाई कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी सहित फिक्कल प्रहरी चौकी , शसस्त्र प्रहरीको आईतबारे बेस क्याम्प, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, नेपाल बहुउद्देश्य सहकारी संस्था, फिक्कल युनाईटेड क्लब, सूर्योदय होटल ब्यवसायी संघ , फिक्कल जेसीज लगायतका संघ संस्थाले कार्यक्रममा सहकार्य गरेको नगरपालिकाको बन वातावरण तथा बिपद ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिए।
यस्तै बिश्व वातावरण दिवस २०२४ को अवसरमा नगरमा जलबायु परिवर्तन तथा वातावरण संरक्षण बिषयमा छलफल गरिएको छ । कार्यक्रममा झापाको मेची क्याम्पस झापाका वातावरण जीव बिज्ञान संकायका बिद्यार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए ।बिद्यार्थी दिपा खतिवडा, मुकेश कठेत, दिनेश भट्टराई लगायतले वातावरण संरक्षणको अभावमा जिवजन्तु , बनस्पतीमा असर पर्दा जलवायु परिवर्तनको असर देखिएको औल्याएका थिए । सोही कार्यक्रममा जलबायु परिवर्तन र वातावरण शिक्षकमा वालवाईड कन्जरभेसनमा काम गर्दै आएकी दिपा राईले प्रस्तुतीकरण राखेकी थिइन् ।कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले वातावरण संरक्षण गर्न प्रत्येक नागरिक सचेत बन्नु पर्ने बताए ।
बिश्व वातावरण दिवस २०२४ को अवसरमा सूर्योदय ३ को बुद्धपार्कमा सूर्योदय जेसीजले बृक्षारोपण गरेको छ । सूर्योदय जेसीजका अध्यक्ष अभिषेक पौडेलले बिभिन्न प्रजातीका बिरुवा रोपिएको जानकारी दिए
नगरको बन वातावरण तथा बिपद ब्यवस्थापना शाखाका संयोजक राजकुमार लिम्बुका अनुसार नगरमा बर्सेनी ५० हजार बिरुवा रोपिदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार