Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २१ २०८१


रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु
  1. चुलाचुलि  । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हाे । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । ‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म २ जनाको शव फेला परेको छ,’ उनले भने । बच्चाको र महिलाको शव फेला परेको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार