Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सिंहदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन (तस्बिरहरु)

सिंहदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ २१ २०८१


सिंहदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन (तस्बिरहरु)

फाकफोकथुम । श्री सिंहदेवी माध्यमिक विद्यालय फाकफोकथुम ४ को विद्यालय व्यावस्थापन समिति गठन भएको छ । जेठ १४ गते आम अविभावकहरूद्वारा सर्वसहमतिले समिती गठन हुन नसक्दा पुन जेठ २० गतेका दिन विद्यालय व्यावस्थापन समितिका लागि निर्वाचन मिती तय गरिएको थियो । जेठ २० मा निर्वाचन प्रक्रियाद्वारा समिति चयन गरिएको हो ।


फाकफोकथुम शिक्षा समन्वय समितीका प्रमुख मताव सिं लिम्बुको प्रमुख आथित्यतामा समिती गठनका लागि निर्वाचन प्रक्रिया भएको थियो । शिक्षा ऐन बमोजिम खुल्ला पदको लागि दुइ महिला पदमा सर्वसम्मत गरिए पनि पुरूष २ सदस्य पदमा आकाक्षी चार जना भएकोले निर्वाचन भएको थियो । लोकतान्त्रिक पद्धति द्धारा विद्यालय ब्यावस्थापन समितिमा २ सदस्यहरुको चुनिएको थियो ।

विद्यालयमा अभिभावक सख्या ९७ भएपनि ६ जना अभिभावकहरू उपस्थित नहुँदा ९१ जना भिभावकहरूले खुल्ला दुइ पुरूष सदस्य पदमा मतदान गरेका थिए । मत परिणाममा बिर्ख बहादुर राना मगरले चुनाव चिन्ह कैची ५१ मत प्राप्त गरि बिजय भए । त्यसैगरी पत्रकार लिला बहादुर लिम्बुले चुनाव चिन्ह घर ४४ र नरेन्द्र थापा चुनाव चिन्ह पुष्तक ४४ मत आएपछि गोला प्रथाद्वारा लिला बहादुर लिम्बु बिजय घोषणा गरिएको थियो । कलम चिन्हमा सन बहादुर लिम्बुले ३६ प्राप्त गरेका थिए भने दुई मत रद्ध भएको मतदान अधिकृत मताव सिं लिम्बुले घोषणा गरेका थिए ।

व्यवस्थापन समितिका सदस्यहरु लिला दाहाल, जिना बराईलि,बिर्ख राना मगर र लिला बहादुर लिम्बुलाई प्रमाण पत्र बितरण फाकफोक थुम शिक्षा समन्वय शाखाका प्रमुख मताव सिं लिम्बुले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार